logo
×

पाउच प्याकेजिङ मेसिन के हो? प्रक्रिया, प्रकार र नेपालमा उपलब्ध विकल्पहरू

4 Apr
पाउच प्याकेजिङ मेसिन के हो? प्रक्रिया, प्रकार र नेपालमा उपलब्ध विकल्पहरू

प्याकेजिङ भनेको कुनै उत्पादनलाई भण्डारण, ढुवानी, वितरण र प्रयोगका लागि प्याकेजिङ सामग्रीले बेरिने प्रक्रिया हो। प्याकेजिङले भित्रका वस्तुहरूलाई क्षतिबाट जोगाउने मात्र होइन, आकर्षक डिजाइन र ब्रान्डिङमार्फत ग्राहकलाई आकर्षित गर्ने ‘मौन विक्रेता’ को रूपमा पनि काम गर्छ।

समयसँगै प्याकेजिङमा धेरै परिवर्तन आएको छ। सबैभन्दा पुरानो प्याकेजिङ सामग्रीमध्ये एक काँच वा सिसा हो। यसको प्रयोग करिब ७००० ईसा पूर्वमा र औद्योगिक उत्पादन मिस्रमा १५०० ईसा पूर्वतिर सुरु भएको मानिन्छ । करिब ३०० ईसा पूर्वमा आविष्कार भएको ब्लोपाइप प्रविधिले पग्लिएको काँचलाई गोलाकार भाँडोमा ढाल्न सम्भव बनायो। २० औं शताब्दीसम्म आइपुग्दा काँचका बोतलहरू ठूलो मात्रामा उत्पादन हुन थाले। काँच नाजुक हुने भएकाले सावधानीपूर्वक सम्हाल्नुपर्छ, तर यसले उत्पादनलाई आकर्षक आवरण दिन्छ। प्लास्टिक र धातु आहिले लोकप्रिय भएपनि, काँच अझै पनि उच्च गुणस्तरका उत्पादनका लागि महत्वपूर्ण मानिन्छ।

कागजलाई सबैभन्दा पुरानो लचिलो प्याकेजिङ सामग्री मानिन्छ। यसको प्रयोग चीनमा करिब २०० ईसा पूर्वदेखि सुरु भएको थियो। सुरुमा कागज किम्बुको रुखका रेशा पानीमा मिसाएर कपडामा खन्याई, थिचेर र सुकाएर बनाइन्थ्यो। अहिले कागज फ्ल्याक्स र काठको घोलबाट बनाइन्छ। इस्वी संवत् १८०० सम्म आइपुग्दा कागजका झोला र कार्डबोर्ड बक्सहरू सामान्य बने । प्लास्टिकको प्रयोगले यसको प्रयोग केही घटाए पनि कागज अझै पनि वातावरणमैत्री विकल्पका रूपमा रहिरहेको छ।

टिनको जलपयुक्त फलाम करिब १४ औं शताब्दीमा देखा पर्यो। इस्वी संवत् १८०९ मा टिन कन्टेनरमा खाद्य पदार्थ सुरक्षित राख्ने प्रविधिले प्याकेजिङमा क्रान्ति ल्यायो। इस्वी संवत् २० औं शताब्दीको मध्यतिर एल्युमिनियम फोइल ट्रे र क्यानहरू प्रचलनमा आए। धातुहरू बलिया, टिकाउ र पुनः प्रयोग गर्न मिल्ने भएकाले प्याकेजिङका लागि उपयुक्त मानिन्छन्, तर तिनको उच्च लागतले यसको प्रयोग सीमित बनाउँछ।

प्लास्टिक १९ औं शताब्दीमा देखा परे पनि दोस्रो विश्वयुद्धपछि व्यापक रूपमा प्रयोग हुन थाल्यो। पोलिथिनका झोलाहरू सामान बोक्नदेखि खाद्य पदार्थ र अन्य उत्पादनहरू प्याक गर्न समेत व्यापक रूपमा प्रयोग हुन थाले। बहुपयोगिताका कारण आज प्लास्टिकको प्रभुत्व छ, तर यसले गम्भीर वातावरणीय समस्या पनि सिर्जना गरेको छ।

प्याकेजिङ सामग्रीमा भएको विकाससँगै प्याकेजिङ गर्ने तरिका पनि उत्तिकै महत्वपूर्ण भएको छ। आजको तीव्र उत्पादन वातावरणमा म्यानुअल प्याकेजिङ ढिलो हुन्छ त्यसैले उत्पादन दर सीमित हुन्छ । नेपालमा उत्पादनमुखी व्यवसायहरू बढ्दै जाँदा, प्रभावकारी प्याकेजिङ मेसिनहरूको आवश्यकता पनि बढेको छ। पाउच प्याकेजिङ मेसिनहरूले यस आवश्यकतालाई पूरा गर्दै प्याकेजिङ प्रक्रियालाई स्वचालित बनाउँछन्। यस्ले नेपाली व्यवसायहरूलाई उत्पादन वृद्धि गर्न, श्रममा निर्भरता घटाउन र उत्पादनमा स्वच्छता तथा एकरूपता कायम राख्न सहयोग गर्छ।

यस लेखमा पाउच प्याकेजिङ मेसिनका प्रकार, कार्यप्रणाली, विशेषताहरू तथा नेपालमा तिनको उपलब्धता र मूल्यबारे चर्चा गरिएको छ।

Section Links

 

पाउच प्याकेजिङ प्रक्रिया

पाउच प्याकेजिङ मेसिनहरू औद्योगिक प्याकेजिङ मेसिन हुन्। यी मेसिनले फिल्म रोलबाट पाउच बनाउने, त्यसभित्र खाना, पेय पदार्थ तथा औषधि जस्ता सामग्री भर्ने र त्यसलाई छुट्टाछुट्टै एकाइमा सिल गर्ने काम गर्छन्।

पाउच प्याकेजिङ सामान्यतया ६ चरणमा सम्पन्न हुन्छ:

  1. फिल्म फिडिङ: मेसिनमा खाद्य-ग्रेड प्याकेजिङ फिल्मको रोल राखिन्छ। केही मेसिनहरूले फिल्म खुलाउँदै गर्दा डिजाइन वा प्रिन्ट पनि गर्न सक्छन्।
  2. आकार बनाउने: समतल दुई तह भएको फिल्मलाई मोडेर ठाडो रूपमा सिल गरिन्छ। यसले ट्युब वा पाउचको संरचना बनाउँछ। त्यसपछि तलको भाग सिल गरेर पाउचको आधार तयार गरिन्छ।
  3. सामान भर्ने: भर्नु अघि पाउच खुलाउन पाउचभित्र हावा फुकिन्छ। त्यसपछि मापन अनुसार सामग्री पाउचमा भरिन्छ। सामग्री अनुसार भराइ प्रणाली फरक हुन्छ:
    • मात्रा अनुसार भराइ: अन्न, दाल र स्न्याक्स
    • स्क्रु प्रणाली भराइ: पिठो र मसला जस्ता पाउडर
    • तरल भराइ: जुस, तेल, पानी
  4. सिल गर्ने: पाउच भरिसकेपछि सिल गर्ने चरणमा जान्छ। सामान्यत: सिल गर्न उच्च तापको प्रयोग गरिन्छ। यस चरणमा एउटा पाउचको माथिल्लो भाग सिल हुँदा अर्को पाउचको तल्लो भाग पनि तयार हुन्छ।
  5. काट्ने: यस चरणमा भरेर सिल गरिएका पाउचहरूलाई काटेर छुट्याइन्छ। काट्ने काम सीधा वा टेढो ढाँचामा गरिन्छ।
  6. भण्डारण गर्ने: तयार भएका पाउचहरू मेसिनबाट निकालेर हातैले वा कन्वेयर प्रणालीमार्फत स्वचालित रूपमा सङ्कलन गरिन्छ।

पाउच प्याकेजिङ मेसिनहरूले मानवीय श्रमलाई कम गर्छन्, समान गुणस्तर कायम राख्छन् र उत्पादन क्षमता बढाउँछन्। नेपाल जस्ता विकासोन्मुख देशमा यी मेसिनहरू अत्यन्त प्रभावकारी बनेका छन्।

नेपालमा उपलब्ध पाउच प्याकेजिङ मेसिनका प्रकारहरू

पाउच प्याकेजिङ मेसिनहरू सामान्यतया दुई प्रकारका हुन्छन्:

  • फर्म-फिल-सील (FFS) मेसिन: यी मेसिनहरूले फिल्म रोल प्रयोग गरेर पाउच बनाउँछन्, त्यसमा सामग्री भर्छन् र सिल गर्छन्।
  • पहिल्यै तयार पाउच प्रयोग गर्ने मेसिन: यी मेसिनहरूले पहिले नै तयार गरिएको पाउच प्रयोग गर्छन्। यीनले सामान भर्ने र सिल गर्ने काम मात्र गर्छन।
 

नेपालमा उपलब्ध पाउच प्याकेजिङ मेसिनहरू

 

१. एफएफएस पाउच प्याकेजिङ मेसिन

यो स्वचालित मेसिन हो । यसले रोलबाट पाउच बनाउने, भर्ने र बन्द गर्ने काम गर्छ। साना उत्पादनहरूको प्याकिङका लागि यो निकै उपयोगी हुन्छ।

  • गुटखा, चिनी
  • साना सुक्खा सामग्री
विशेषता विवरण
क्षमता १०–१०० ग्राम
गति २५–३० थान प्रति मिनेट
पावर ०.५ HP
भराइ प्रकार मापन अनुसार
मूल्य रु. २,३०,००० – २,९०,०००
 

२. हाफ न्युमेटिक पाउच मेसिन

यो अर्ध-स्वचालित मेसिन हो जसले सिललाई अझ राम्रो र स्थिर बनाउँछ। सामान्य मेसिनभन्दा यसको काम गर्ने गति र गुणस्तर राम्रो हुन्छ।

  • मसला
  • दाल, अन्न
विशेषता विवरण
क्षमता १०–२५० ग्राम
गति २५–३० थान प्रति मिनेट
पावर ०.५ HP
भराइ प्रकार मापन अनुसार
मूल्य रु. ३,८०,००० – ५,५०,०००
 

३. फुल न्युमेटिक पाउच मेसिन

यो पूर्ण रूपमा न्युमेटिक (उच्च चापको हावा प्रयोग हुने) प्रविधिमा आधारित मेसिन हो । यसले अझ राम्रो सिलिङ र स्थिर प्याकिङ सुनिश्चित गर्छ। नियमित उत्पादनका लागि उपयुक्त हुन्छ।

  • मसला
  • चिप्स
विशेषता विवरण
क्षमता १०–२५० ग्राम
गति २५–३० थान प्रति मिनेट
पावर ०.५ HP
मूल्य रु. ४,३०,००० – ६,००,०००
 

४. अगर पाउडर प्याकिङ मेसिन

यो मेसिन विशेष गरी धुलो (पाउडर) सामग्रीका लागि प्रयोग हुन्छ । यसले सटीक मात्रामा भराइ गर्ने सुविधा दिन्छ।

  • पिठो, चिया, कफी
  • मसला
विशेषता विवरण
क्षमता ५ ग्राम – १ के.जी
गति २५–४० थान प्रति मिनेट
शुद्धता ±१.५%
भराइ प्रकार स्क्रु प्रणाली
मूल्य रु. ७,३०,००० – १३,००,०००
 

५. लिक्विड पाउच मेसिन

यो मेसिन तरल पदार्थ प्याकिङका लागि प्रयोग गरिन्छ र साना पाउचमा समान मात्रामा भराइ गर्न सक्षम छ।

  • जुस
  • तेल
  • पानी
विशेषता विवरण
क्षमता ५–१० ml
गति ३०–१०० थान प्रति मिनेट
पावर ०.५ HP
भराइ प्रकार तरल चुस्ने प्रणाली
मूल्य रु. २,६०,००० – ३,५०,०००
 

६. जुस प्याकिङ मेसिन

यो सानो व्यवसायका लागि उपयुक्त किफायती मेसिन हो । यसले पेय पदार्थलाई छिटो र सजिलै प्याक गर्न मद्दत गर्छ।

  • जुस
  • पेय पदार्थ
विशेषता विवरण
क्षमता ५–१०० ml
गति २४०० थान प्रति घण्टा
पावर २ kW
तौल १८० के.जी
मूल्य रु. २,९५,०००
 

७. फ्लो र्यापिङ मेसिन

यो मेसिन ठोस सामग्रीलाई छुट्टाछुट्टै छिटो प्याक गर्न प्रयोग हुन्छ ।

  • बिस्कुट
  • स्न्याक्स
विशेषता विवरण
गति ३५–१०० थान प्रति मिनेट
पावर १.५ kW
मूल्य रु. ४,५०,००० – ८,००,०००
 

८. कलर टाइप प्याकिङ मेसिन

यो मेसिन उच्च उत्पादन क्षमताका लागि डिजाइन गरिएको हो र दाना तथा स्न्याक्सलाई छिटो प्याक गर्न प्रयोग हुन्छ।

  • नमकिन
  • चामल
  • पास्ता
विशेषता विवरण
क्षमता ५० ग्राम – १ के.जी
गति ४०–६० थान प्रति मिनेट
पावर ५ kW
भराइ प्रकार कप प्रणाली
मूल्य रु. ८,००,००० – १३,००,०००
 

९. वेइङ हेड पाउच मेसिन

यो उन्नत मेसिन हो जसले सही तौल अनुसार भराइ गर्छ र उत्पादनको गुणस्तर कायम राख्न मद्दत गर्छ।

  • स्न्याक्स
  • दाल
  • चिया
विशेषता विवरण
क्षमता १०–२५० ग्राम
गति १२–३० थान प्रति मिनेट
भराइ प्रकार तौल प्रणाली
मूल्य रु. ७,४०,००० – १०,५०,०००
 

तुलनात्मक तालिका

मेसिन प्रकार उपयुक्त प्रयोग क्षमता गति मूल्य (रु.)
एफएफएस मेसिन साना साचे (चिनी, मसला) १०–१०० ग्राम २५–३० थान प्रति मिनेट २,३०,००० – २,९०,०००
हाफ न्युमेटिक मसला, दाल, स्न्याक्स १०–२५० ग्राम २५–३० थान प्रति मिनेट ३,८०,००० – ५,५०,०००
फुल न्युमेटिक स्न्याक्स, हावाभरिएका पाउच १०–२५० ग्राम २५–३० थान प्रति मिनेट ४,३०,००० – ६,००,०००
अगर मेसिन पाउडर (पिठो, कफी, मसला) ५ ग्राम – १ के.जी २५–४० थान प्रति मिनेट ७,३०,००० – १३ , ०० , ०००
लिक्विड मेसिन जुस, तेल, पानी ५–१० ml ३०–१०० थान प्रति मिनेट २,६०,००० – ३,५०,०००
जुस प्याकिङ मेसिन साना पेय व्यवसाय ५–१०० ml २४०० थान प्रति घण्टा सम्म २,९५,०००
फ्लो र्याप मेसिन बिस्कुट, स्न्याक्स, ठोस सामग्री सामग्री अनुसार ३५–१०० थान प्रति मिनेट ४,५०,००० – ८,००,०००
कलर टाइप (कप प्रणाली) चिप्स, स्न्याक्स, अन्न ५० ग्राम – १ के.जी ४०–६० थान प्रति मिनेट ७,००,००० – ९,००,०००
वेजिङ हेड मेसिन स्न्याक्स, चिया, सटीक भराइ १०–२५० ग्राम १२–३० थान प्रति मिनेट ७,४०,००० – १०,५०,०००
 

बारम्बार सोधिने प्रश्नहरू

१. पाउच प्याकेजिङ मेसिन भनेको के हो?

पाउच प्याकेजिङ मेसिनहरू औद्योगिक प्याकेजिङ मेसिन हुन्। यी मेसिनले फिल्म रोलबाट पाउच बनाउँछन्। यसरी बनेका पाउचमा खाना, पेय पदार्थ तथा औषधि जस्ता सामग्री भरिन्छ। अन्तमा तिनलाई छुट्टाछुट्टै एकाइमा सिल गरिन्छ। यी मेसिनले मानवीय श्रम घटाउँछन्, उत्पादनमा समानता कायम राख्छन् र कार्यक्षमता पनि बढाउँछन्।

२. न्युमेटिक र नन-न्युमेटिक मेसिनमा के फरक हुन्छ?

नन-न्युमेटिक मेसिनमा सिल गर्ने काम मेकानिकल भागबाट हुन्छ। यस्तो मेसिन सस्तो हुन्छ तर यसको स्थिरता कम हुन्छ। न्युमेटिक मेसिनमा हावाको दबाब प्रयोग गरिन्छ। यसले राम्रो गुणस्तर र सफा सिलिङ दिन्छ, तर यसको लागत अलि बढी हुन्छ। साना र कम उत्पादनका लागि नन-न्युमेटिक मेसिन प्रयोग गरिन्छ। ठूलो र छिटो उत्पादनका लागि न्युमेटिक मेसिन प्रयोग गरिन्छ।

३. साना व्यवसायका लागि कुन मेसिन राम्रो हुन्छ?

साना व्यवसायका लागि एफएफएस (फर्म-फिल-सील) मेसिन सबैभन्दा राम्रो विकल्प हो। यसको मूल्य कम हुन्छ र प्रयोग गर्न पनि सजिलो हुन्छ। साना प्याकिङका लागि उपयुक्त हुन्छ। नेपालमा चिनी, मसला र अन्य सुक्खा सामग्री प्याक गर्न यो धेरै प्रयोग हुन्छ।

४. नेपालमा सानो पाउच प्याकिङ मेसिनको मूल्य कति हुन्छ?

नेपालमा साना पाउच प्याकिङ मेसिनको मूल्य सामान्यतया रु. १,९५,००० देखि रु. ३,००,००० सम्म हुन्छ। लिक्विड पाउच मेसिन, एफएफएस मेसिनजुस प्याकिङ मेसिन यस दायराभित्र पर्छन्। यी मेसिन साना व्यवसाय र स्टार्टअपका लागि उपयुक्त हुन्छन्।

५. नेपालमा मध्यम स्तरको पाउच प्याकिङ मेसिनको मूल्य कति हुन्छ?

मध्यम स्तरका मेसिनहरूको मूल्य सामान्यतया रु. ३,८०,००० देखि रु. ६,००,००० सम्म हुन्छ। यसमा हाफ न्युमेटिक मेसिनफुल न्युमेटिक मेसिन पर्छन्। यी मेसिनले राम्रो सिलिङ र उच्च कार्यक्षमता दिन्छन्।

६. ठूलो स्तरको पाउच प्याकिङ मेसिनको मूल्य कति हुन्छ?

ठूलो स्तरका मेसिनहरूको मूल्य सामान्यतया रु. ७,००,००० देखि रु. १०,००,००० वा सोभन्दा बढी हुन्छ। अगर मेसिन, फ्लो र्याप मेसिनकलर टाइप मेसिन उच्च उत्पादनका लागि प्रयोग गरिन्छ। यी मेसिनले निरन्तर काम गर्न सक्छन् र उत्पादनको गुणस्तर पनि राम्रो हुन्छ।

७. पाउडर प्याकिङका लागि कुन मेसिन राम्रो हुन्छ?

हाफ न्युमेटिकफुल न्युमेटिक मेसिन पाउडर प्याकिङका लागि उपयुक्त हुन्छन्। यी मेसिनले सटीक मात्रामा भराइ गर्छन्। पिठो, मसला र कफी जस्ता सामग्रीका लागि राम्रो हुन्छन्।

८. तरल पदार्थ प्याकिङका लागि कुन मेसिन प्रयोग हुन्छ?

लिक्विड पाउच मेसिनजुस प्याकिङ मेसिन तरल पदार्थका लागि प्रयोग गरिन्छ। यी मेसिनले तरल सामग्री सजिलै भर्छन्। जुस, पानी र तेलका लागि उपयुक्त हुन्छन्।

९. चिप्स प्याकिङका लागि कुन मेसिन राम्रो हुन्छ?

कलर टाइप पाउच मेसिन चिप्स प्याकिङका लागि सबैभन्दा राम्रो हुन्छ। यो स्न्याक्सका लागि डिजाइन गरिएको हुन्छ। यसले छिटो र प्रभावकारी प्याकिङ दिन्छ।